इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री खुला, माघ ६ गते सम्म भर्न सकिने

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बिक्री खुला, माघ ६ गते सम्म भर्न सकिने

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

माघ २ काठमाण्डौं । नेपालको पूजी बजारमा हाल सम्मकै सबै भन्दा ठूलो आईपिओ बिक्री आजबाट खुल्ला भएको छ । इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब बराबरको ८ करोड कित्ताका लागि आईपिओ जारी गरेको छ ।
यो आईपिओ ६ माघ सम्म भर्न सकिने छ ।
बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशन गरेको हो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिने सक्नेछन् ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने छ ।
यस अघि आईपिओमा धेरैको हात खाली हुने र धेरैले पाउदा पनि १० कित्ता भन्दा पाउन सक्ने स्थिति थिएन । तर यस पटक सबै आवेदकले शेयर पाउने संभावना बलियो छ ।
करीब १५ लाख आवेदन पर्ने पुर्वानुमान गरिएको छ ।

त्यस अनुसार सबै आबेदकलाई समानुपातिक रुपले वितरण गर्दा पनि न्युनतम ५० कित्ता शेयर पर्ने देखिन्छ ।
तपाईले कम्तीमा ५० कित्तादेखि एक सय कित्ता सम्मका लागि आवेदन गर्नु उचित हुने शेयर जानकारहरु बताउछन् ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ