सरकार बिरुद्ध आन्दोलनमा उत्रन देउवाको कार्यकर्तालाई अपील, शनिवार सात सय ५३ स्थानीय तहमा प्रदर्शन हुँदै

सरकार बिरुद्ध आन्दोलनमा उत्रन देउवाको कार्यकर्तालाई अपील, शनिवार सात सय ५३ स्थानीय तहमा प्रदर्शन हुँदै

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

माघ २ काठमाण्डौं । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आन्दोलनमा उत्रिएको काँग्रेसले भोली देशका सबै स्थानीय तहमा प्रदर्शन गर्ने भएको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले आज विज्ञप्ति जारी गरी सबै सम्पूर्ण नेता कार्यकर्तालाई प्रदर्शनमा उत्रन निर्देशन दिएका छन् ।
भोली सात सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन हुने काँग्रेसले जनाएको छ ।
‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले अपील गरेका छन् ।

यस अघि पनि काँग्रेसले देशका १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गरीसकेको छ ।

‘देउवाले पार्टी नेता कार्यकर्ता बाहेक सबै लोकतन्त्रवादीहरुलाई पनि आन्दोलनमा उत्रन अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ