काठमाडौं तर्फबाट नागढुंगा सुरुङमार्ग आजदेखि खन्ने

काठमाडौं तर्फबाट नागढुंगा सुरुङमार्ग आजदेखि खन्ने

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२ माघ, काठमाडौं । थानकोट–नागढुंगा सिस्नेखोला सुरुङमार्गको काठमाडौँ तर्फबाट आज पूजाआजा गरी सुरुङ खन्ने काम सुरु हुँदैछ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा विशेष पूजा गरी आजदेखि सुरुङ खन्ने तयारी गरेका हुन् । सुरुङ खन्न आज सुरुङको मुखमा स्टिलको ढोका स्टिल रिब्स राखिंदैछ ।

यसअघि धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । धादिङतर्फको सुरुङ खन्ने काम पुस ८ गते सुरु भएको थियो । धादिङतर्फको सुरुङ २३ मिटर खनिएको छ । काठमाडौँ तर्फको सुरुङमार्गको मुख चन्द्रागिरि नगरपालिकाको टुटीपाखामा पर्छ भने धादिङतर्फको मुख धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा रहेको छ ।

कोरोना भाइरसको महामारी तथा स्थानीयवासीको अवरोधका कारण निर्धारित कार्यतालिकाभन्दा ढिलो सुरु भएको थानकोट–नागढुंंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणले अब भने गति लिने बिश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ