प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदैः आर्मी र गण्डकी भिड्ने

प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदैः आर्मी र गण्डकी भिड्ने

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा काठमाडौंमा हुन लागेको प्रतियोगिताकाु पहिलो खेलमा आज त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्नेछन् ।
माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् ।

दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ, प्रदेश–१, गण्डकी प्रदेश, र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब, प्रदेश–२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ