एन्फाको प्रादेशिक समिति

एन्फाको प्रादेशिक समिति

  • बिहिबार, माघ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

वाग्मती, १ माघ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आफ्नो समितिको संरचनालाई वाग्मती प्रदेशमा कार्यान्वयनका लागि प्रदेश तदर्थ समिति गठन प्रक्रिया अघि बढाइएको छ । प्रदेशका ११ जिल्लाबाट १३ जनाले अध्यक्षका लागि दाबी गरेका छन् । काठमाडौँ, चितवन, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेबाट एक एक जनाले अध्यक्षका लागि दाबी गरेका छन् । यस्तै दोलखा र मकवानपुरबाट दुई÷दुई जना, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरबाट एक÷एक जनाले दाबेदारी प्रस्तुति गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ वाग्गती प्रदेश समितिको अध्यक्षको चयन केन्द्रीय समितिले गर्ने बताइएको छ ।

जिल्ला फुटबल सङ्घ मकवानपुरका अध्यक्षसमेत रहनुभएका टीका लामासहित मकवानपुरका दुई जनाले अध्यक्षका लागि दाबी गरेका छन् । नेपाल सङ्घीय व्यवस्थामा गएको साढे तीन वर्षपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाको वाग्मती प्रदेशमा पनि प्रादेशिक समिति गठनका लागि प्रक्रिया अघि बढाएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ