चन्द्रागिरिको आइपीओ भर्नेलाई एक वर्ष सम्म केवलकारमा २५ प्रतिशत छुट

चन्द्रागिरिको आइपीओ भर्नेलाई एक वर्ष सम्म केवलकारमा २५ प्रतिशत छुट

  • बिहिबार, माघ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ०१ माघ । चन्द्रागिरि हिल्स लिमिटेडले हालै कम्पनीको आईपिओ भर्ने सबैलाई एक वर्ष सम्म केवलकारमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
कम्पनीको को ११ औं बर्षिक सधारण सभाले उक्त निर्णय पारीत गरेको हो । बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोटमा साधारण सभा सम्पन्न भएको थियो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा भएको कार्यक्रममा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
यही साधारण सभाको अवसरमा, चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सबै आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाउनुभएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुका लागि चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ