सबै आवेदकले शेयर नपाउने भएपछि चन्द्रागिरि हिल्स दियो आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

सबै आवेदकले शेयर नपाउने भएपछि चन्द्रागिरि हिल्स दियो आइपीओ भर्नेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

  • बिहिबार, माघ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, १ माघ । चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभाले कम्पनीको साधारण शेयरमा भर्ने आवेदको संख्या बढी रहेकाले सबैले शेयर नपाउने हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै केवलकारमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिनुभयो । स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिनुहुने १२, ५६, ७४६ (बाह्र लाख छपन्न हजार सात सय छयालिस) आवेदकले शेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना मिति २०७७ माघ ०५ देखि १ बर्ष सम्मको लागि मान्य हुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी