टीकापुरका पूर्वनगर प्रमुख सञ्ज्यालको निधन

टीकापुरका पूर्वनगर प्रमुख सञ्ज्यालको निधन

  • बिहिबार, माघ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

टीकापुर, १ माघ । कैलाली, टीकापुर नगरपालिकाका पूर्वनगर प्रमुख रत्नप्रसाद सञ्ज्यालको निधन भएको छ । मधुमेह तथा उच्च रक्तचापबाट पीडित ७३ वर्षीय सञ्ज्यालको बिएण्डबी अस्पताल ललितपुरमा उपचारका क्रममा बुधबार राति निधन भएको हो ।

उहाँविसं २०५४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म विसं २००४ मा कालीकोटको रास्कोट नगरपालिका वडा नं ४ मा भएको थियो ।टीकापुर नगरपालिका २०५३ सालमा स्थापना भएको हो ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरले महत्वपूर्ण अभिभावक गुमाएको बताउनुभयो । “पूर्वनगर प्रमुखको निधनले यहाँको सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो असर पुगेको छ”, उहाँले भन्नुभयो, “उहाँ कुशल व्यवस्थापक, कुशल राजनीतिज्ञ र शिक्षाप्रेमी हुनुहुन्थ्यो, टीकापुरलाई उहाँको अभाव सधैँ खड्किरहने छ ।”टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माविमा एक दशक प्रधानाध्यापक रहनुभएका सञ्ज्यालले शिक्षा र खेलकूदका क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको शिक्षक काशीराम ढुङ्गानाले बताउनुभयो । “उहाँ कुशल प्रशासक, प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो”, ढुङ्गानाले भन्नुभयो, “उहाँले देखाएको बाटो सधैँ सम्झनामा रहनेछ ।”
सञ्ज्यालको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

उहाँको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र वन तथा वातावरणमन्त्री पे्रमबहादुर आलेले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ