माघ १ काठमाण्डौं । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा कडा जनआन्दोलन सृष्टि गर्ने उद्घोष गरेको नेकपा प्रचण्ड माधव समुहले देशभर जारी आन्दोलनले ठूलो गति लिईसकेको छैन ।
एकातिर आफ्नै पार्टी विभाजित बनेको अर्को आफ्नै हिजोका नेता बिरुद्ध जुझारु आन्दोलन बनाउन कार्यकर्ताहरुले सकिरहेका छैनन् । तैपनि घोषित कार्यक्रम जारी छ ।
यस्तोमा प्रधानमन्त्रीको यो कदमका बिरुद्ध काँग्रेसले पनि प्रदर्शन गरीरहेको छ भने जसपा, नागरिक समाज सबैतिरबाट प्रदर्शन भईरहेको छ ।
प्रचण्ड माधवले यो स्थितिमा सँयुक्त आन्दोलन गर्ने प्रयास शुरु देखिनै गरे पनि काँग्रेस र जसपासँग तालमेल हुन सकेको छैन ।
सँयुक्त र प्रभावकारी आन्दोलन नहुँदा सरकारले खासै यो आन्दोलनको प्रभाव महसुस गरेको देखिदैन ।
यही मेसोमा आन्दोलन थप शसक्त बनाउन काँग्रेस भित्र ढुलमुल अवस्थामा रहेका सभापति देउवासगँ प्रचण्ड र माधव नेपालले गोप्य भेटवार्ता गरेका छन् ।
सो भेटवार्तामा प्रचण्ड नेपालले पहिला आन्दोलन गरेर संसद पुनस्थापना गरौँ, त्यस पछि तपाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
देउवाले यस विषयमा पार्टीमा छलफल गर्ने र पुनः भेट्ने बचन दिएका थिए ।
देउवाले संसद विघटन असंवैधानिक भने पनि चुनावमा जाने मनशाय बनाएर आन्दोलन प्रभावकारी नबनाएका कारणले पनि देउवालाई मनाउन नेताहरुले प्रयास गरेका हुन् ।