मनाईयो राष्ट्रिय भक्का दिवस (भिडियो/फोटो)

मनाईयो राष्ट्रिय भक्का दिवस (भिडियो/फोटो)

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 26.5K
    SHARES

विर्तामोड, २९ पुस । पूर्वी तराईमा बसोवास गर्ने आदिवासी समुदायले आज राष्ट्रिय भक्का दिवस मनाएका छन् । जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा झापाको बिर्तामोडमा राष्ट्रिय भक्का दिवस मनाइएको हो । कोचिला गाभुर फ्रन्टको आयोजनामा बिर्तामोडस्थित सिटी सेन्टरको प्राङ्गणमा चौथो राष्ट्रिय भक्का दिवस मनाइएको हो ।

फ्रन्टले कोच लोक सांस्कृतिकसहित हरेक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवस मनाउने गरेको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताउनुभयो । विसं २०७४ देखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भक्का दिवस’ घोषणा गरी कोच लोक सांस्कृतिक कार्यक्रमसहित झापाभर ‘राष्ट्रिय भक्का दिवस’ मनाउने गरिन्छ ।

कोच राजवंशी समुदायमा मात्र सीमित रहेको भक्का खाने चलन पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिबीच लोकप्रिय बनेपछि भक्काको प्रवद्र्धन गर्न फ्रन्ट अग्रसर बनेको हो । दिवसमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनासहित जिल्लाका विशिष्ट व्यक्तिको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी