पुष २९ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीमा राजनीतिक चरित्र नरहेको बताएका छन् । केपी ओलीका वरिपरि बसेका हनुमानहरुको झुण्ड पनि अराजनीतिक रहेको भन्दै आफूहरुले केपी कमरेड भन्न खोज्यो, उहाँलाई त केपी बा, भनेको मन पर्ने रहेछ, नेपालले भने ।
काठमाण्डौमा आयोजित बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै नेपालले कतिपय ओलीका हनुमानले केपी बा भन्दै खुट्टा समेत छुने गरेको देखिएको बताए ।
केपीले कहिले पनि आलोचना सुन्न नसक्ने र प्रशंसामा मात्रै रमाउने गरेको नेपालको दाबी छ ।
आफूहरु केपी ओलीको दास र हनुमान हुन नसक्ने भन्दै समाजलाई रुपान्तरण गर्नको निम्ती आन्दोलनमा लागेकाले निरन्तर संघर्ष गर्ने उनले बताए ।
केही मान्छेहरु केपी बा को सेवाका लागि पार्टीलाई, आन्दोलनलाई बलि चढाउन तयार भएको तर बाको सेवा गरिरहने हनुमानप्रवृतिको भएको भन्दै त्यसले कम्युािनष्ट आन्दोलनलाई क्षति पुग्ने बताए ।
ओलीले संविधानमाथि कु गरेकाले यस असंवैधानिक कदमको बिरुद्ध सबै एक जुट भएर उभिनु पर्ने बताए ।