संसद विघटनः पूर्व एमालेबाट सांसद बनेर पछि न्यायधीश बनेकी सपना प्रधानमल्ल थपिईन् संवैधानिक ईजलाशमा

संसद विघटनः पूर्व एमालेबाट सांसद बनेर पछि न्यायधीश बनेकी सपना प्रधानमल्ल थपिईन् संवैधानिक ईजलाशमा

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

पुष २९ काठमाण्डौं । संसद विघटन बिरुद्ध परेको एक दर्जन रिटको सुनुवाईका लागि गठित संवैधानिक ईजलाशमा सपना प्रधान मल्ललाई थपिएको छ । यस अघि कानुन व्यवशायीहरुको आलोचना पछि ईजलाशमा नबस्ने घोषणा गरेका हरीकृष्ण कार्कीको स्थानमा मल्ललाई ल्याईएको हो ।
मल्ल पनि न्यायधीश हुनु अघि पूर्व एमाले निकट सम्बन्ध रहेकी कानुन व्यवशायीको रुपमा परिचित थिईन् । उनी एमालेको कोटाबाट संविधान सभाको सदस्य समेत भएकी थिईन् । उनी प्रधानन्यायधीशको समेत रोलक्रममा रहेकी छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
कानुन व्यशायीहरुले यो मुद्धा पूर्ण ईजलाशमा लैजानु पर्ने माग गरेका छन् । ओली पक्षधर कानुन व्यशायी र महान्यायधीबक्ताको कार्यलय संवैधानिक ईजलाशबाट नै यो मुद्धाको किनारा लगाउनु पर्ने पक्षमा देखिएका छन् ।
यो मुद्धाको सुनुवाई सकेर फैसला आउन अझै लामो समय लाग्ने देखिएको छ । माघ भित्रमा फैसला आउन सक्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ