बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन, संसद पुनस्थापना हुन्छ : उपेन्द्र यादव

बैशाखमा कुनै पनि हालतमा निर्वाचन हुँदैन, संसद पुनस्थापना हुन्छ : उपेन्द्र यादव

  • मङ्लबार, पुस २८, २०७७
  • -दिपक चौरसिया

  • 14.3K
    SHARES

दिपक चौरसिया
पर्सा, २६ पुस  ।  प्रधानमन्त्री केपि शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोजेको भन्दै आरोप लगाएका छन् ।  पर्सा जिल्लाको वीरगन्जमा आज संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष  यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने सपना देखिरहेको जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले बताए ।   आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको अध्यक्ष यादवले ठोकुवा  गरे । यस्तो संकटमा चुनाव हुनै सक्दैन भन्दै जबरजस्ती चुनाव गराइयो भने त्यो चुनावको वैधानिकता र विश्वनीयता नै नहुने  उनले बताए । उनले संसद पुनस्थापना हुने पनि विस्वास व्यक्त गरे ।
यादवले ओलीको असंवैधानिक कदमले देशभित्रकै प्रतिगमनकारी शक्तिहरुको अघोषित सा“ठगा“ठ रहेकाले अहिले लोकतन्त्र खतरामा परेको बताउनु भयो । लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षाका लागि सबै लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरु एकजुट भएर प्रतिगमनकारी कदमलाई खारेज गराउनु नै आजको आवश्यकता रहेको उनले बताए ।

ओलीले बैशाखमा गर्ने भनेको चुनाव कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा गर्दै संसद विघटनाको असंवैधानिक कदम ढाकछोप गर्न प्रधानमन्त्री ओलीले चुनावको प्रोपोगण्डा ल्याएको बताए ।
यता प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णका अनुसार पार्टी भित्रै बिवाद भएको कारण हाल चुनाव हुन नसक्ने बताए ।  नेता कर्णले संसद पुनस्थापना हुने पनि दाबी गरे ।
संघीय प्रेस फोरम पर्साका अध्यक्ष आर के पटेलको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा जसपाका कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सुनिल रोहित , विघटित प्रतिनिधिसभाका सदस्यद्वय प्रदीप यादव र हरिनारायण रौनीयार , जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवलगायतको पनि उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ