२८ पुस, दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आगलागी भएको छ । आगलागीमा परि ६० वर्षीय देशमान राईको जलेर मृत्यु भएको छ।
प्यारालाइसिसका बिरामी राई आगलागी हुँदा बाँसले बारेको एक तले घरमा सुतिरहेका थिए । उनको घरमा सोमबार बेलुका करिब साढे ७ बजे एक्कासी आगलागी भएको थियो । आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।
दमक नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट तीन लाख बराबरको सुनचाँदी, आठ लाख बराबरको खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline