ओलीलाई राष्ट्रिय सभामा पनि बहिष्कार, प्रधानमन्त्री भित्र छिर्नासाथ प्रचण्ड माधव समुहका सांसद बाहिरिए

ओलीलाई राष्ट्रिय सभामा पनि बहिष्कार, प्रधानमन्त्री भित्र छिर्नासाथ प्रचण्ड माधव समुहका सांसद बाहिरिए

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 37.3K
    SHARES

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सभामा पनि सांसदहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्री ओली प्रवेश गर्नासाथ सांसदहरु बैठक छाडेर हिँडेका थिए ।
प्रधानमन्त्री ओली बैठकमा प्रवेश गरे पछि त्याहाँ बस्नुको औचित्य नरहेकाले आफूहरु बाहिरिएको राष्ट्रिय सभा सदस्य बेदुराम भुषालले जानकारी दिए ।
संसद विघटन पछि पार्टी विभाजित भएसगँै प्रचण्ड माधव पक्षले देशव्यापी रुपमा ओली सरकार बिरुद्ध आन्दोलन केन्द्रीत गरेको छ ।
यद्यपि, वामदेव गौतम र दिनानाथ शर्मा भने बैठकमा बसेका थिए ।
गएको पुस १७ मा शुरू भएको राष्ट्रियसभा बैठक दश दिनमै सकिएको छ । यो अवधिमा चार पटक गरी सात घण्टा पाँच मिनेट बैठक चल्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ