प्रधानमन्त्रको संसद विगठनको कदमले प्रेस स्वतन्त्रता हनन हुने महासंघको ठहर

प्रधानमन्त्रको संसद विगठनको कदमले प्रेस स्वतन्त्रता हनन हुने महासंघको ठहर

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बैतडी, पुस २६ गते । नेपाल पत्रकार महासंघ बैतडीको १३औं साधारण सभाले सरकारले संसद विघटन गर्दा प्रेस स्वतन्त्रता हनन हुने त्रास बढेको ठहर गरेको छ ।

शनिबार बैतडी सदरमुकाममा भएको साधारण सभाले सार्वजनिक महत्वको प्रस्ताव पास गर्दै अहिले सिर्जत देशको परिस्थिति,राजनीति उतारचढाव र सरकारको कदमले प्रेस स्वतन्त्रता हनन हुने त्रास बढेकोले कुनै पनि बहानामा प्रेस स्वतन्त्रता हनन हुन नदिन जोडदार माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव पास भएको पत्रकार महासंघ बैतडीका उपाध्ययक्ष अमर भट्टलाईले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ बैतडी शाखाको १३औं साधारण सभामा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सि नेपालका संगीता खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट९ आदित्य० नेपाल पत्रकार महासंघ सुदूरपश्चि प्रदेशका अध्यक्ष अर्जुन शाह, महाचिव योगेश रावल, कोषाध्यक्ष नरेन्द्र भट्ट, केन्द्रीय सदस्य उत्तर बिष्ट, वरिष्ठ पत्रकार लक्ष्मीदत्त पाण्डेय, बैतडी शाखाका अध्यक्ष प्रेम भाट, पत्रकार गोकर्ण दयाल, लोकेश साउद, सीपी लोहिया, लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्नु हुँदै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द अचार्यले जनताले लडेर ल्याएको लोकतन्त्र कुनै पनि शक्तिलृ समाप्त पार्न नसक्ने बताउनुभयो ।

साधारण सभामा बोल्नु हुँदै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य संगीता खड्काले लोकतन्त्रका लागि लडेका सञ्चारकर्मी जिम्मेवार बनेर पत्रकार आचारसंहिता अनुसार निर्धक्क भएर काम गर्र्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा पाल्नु भएका सुदूरपश्चि प्रदेशसभा सदस्य एवं नेकपा बैतडीका पार्टी सचिव प्रेमप्रकाश भट्ट आदित्यले संसद विघटन असंवैधानिक भएको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ