पुष २६ काठमाडौं। नेप्सेले ऐतिहासिक रेकर्ड कायम गर्दै २२ सय ३५ अंकको उचाई छोएको छ । आइतबार बैंकिङ सूचक ५९.६१ अंकले बढ्दा समग्र बजार सूचक ४१.२४ अंकले उकालो लाग्यो ।
बजार सूचक २२३५.७२ अंकमा पुगेको छ। यो पूजी बजारकै ईतिहासमा सबै भन्दा धेरै हो ।
जीवन बीमाबाहेक सबै उपसूचकहरु उक्लिएका छन्। एभरेष्ट बैंकबाहेक सबै बाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ। कुमारी बैंकको मूल्य सर्वाधिक बढेको छ। धेरै कारोबार भने प्रभु बैंकको भएको छ। बैंकको ३९ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबार रकम पनि ६ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। दिनभरीमा २०६ कम्पनीको सेयर कारोबार भएको छ। बाणिज्य बैंकसँगै विकास बैंक सूचक पनि बढेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline