लुम्बिनी विकास बैंकको १३ औं साधारण सभा सम्पन्न , १० प्रतिशत लाभांश पारित

लुम्बिनी विकास बैंकको १३ औं साधारण सभा सम्पन्न , १० प्रतिशत लाभांश पारित

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

पुष २६ काठमाण्डौं । लुम्बिनी विकास बैंक लिमिटेडकोे मिति आज १३ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आ. ब. २०७६-७७ को बार्षिक प्रतिबेदन, आ. ब. २०७७-७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ ।
आ.ब. २०७६-७७ सम्मको नाफा बाट शेयरधनी महानुभावहरुलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस शेयर सहित कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न १३ आंै वार्षिक साधारणसभामा बैंकले कोभिड – १९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट शेयरधनी लाई सहभागिता गराएको थियो । सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.ब. २०७६-७७ को बार्षिक प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले स्पष्ट पार्नु भएको थियो ।
यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभर सातै प्रदेशमा अवस्थित ६९ शाखा कार्यालयहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट-एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ