राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन

राष्ट्रिय क्रिकेट खेलाडी सिंहको २३ वर्षकै उमेरमा असामयिक निधन

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

राष्ट्रिय क्रिकेट खेलाडी २३ वर्षीय कुन्दनसिंह राजपुतको आज बिहान २३ वर्षका उमेरमा मिर्गौला रोगबाट निधन भएको छ । विसं २०६८ तिर महोत्तरी जिल्लाबाट जिल्ला क्रिकेट सङ्घको खेलाडी भएर १६ वर्षमुनि, राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाउनुभएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो ।

विसं २०७५ मा राष्ट्रिय टोलीबाट प्रधानमन्त्री कप खेलेर आउँदा अचानक दुवै मिर्गौला बिग्रेका सिंहले दुई वर्षदेखि डायलायसिस गराउँदै आउनुभएको जिल्ला क्रिकेट सङ्घ महोत्तरीका अध्यक्ष रोशनकुमार सिंहले बताउनुभयो । उहाँको निधनबाट जिल्ला, प्रदेश र सिङ्गो देशकै क्रिकेट जगत्लाई ठूलो क्षति पुगेको बताउँदै अध्यक्ष रोशनकुमारले उहाँलाई आज जिल्ला क्रिकेट सङ्घको झण्डा ओढाएर अन्तिम संस्कार गरिने बताउनुभयो । बाह्र वर्षका उमेरदेखि नै क्रिकेट खेल्दै आउनुभएका सिंह निकै मेधावी हुनुहुन्थ्यो । चारपाँच वर्षकै उमेरमा मातापिता गुमाउनुभएका क्रिकेटर सिंहलाई जलेश्वर– ९ का मामा अनोजकुमार सिंहले पालनपोषण गर्दै आउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ