पुष २६ काठमाण्डौं । प्रतिनिधि सभा विघटन गरेको सरकारले राष्ट्रिय सभाको पनि हिँउदे अधिवेशन आजबाट अन्त्य गर्न सिफारीस गरेको छ । आजै मन्त्रीपरिषद्को बैठकले अधिवेशन अन्त्यको सिफारीस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा विघटन बिरुद्ध राष्ट्रिय सभा सदस्यहरुले समेत आलोचना गर्दै आएका थिए ।
राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुनु अघि आज प्रधानमन्त्रीले संवोधन गर्दैछन् । प्रधानमन्त्रीले संसद विघटन र निर्वाचनका बारेमा धारणा राख्ने जनाईएको छ ।
पुष १७ गतेबाट मात्रै राष्ट्रिय सभाको हिँउदे अधिवेशन शुरु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline