पुष २६ काठमाण्डौं । नेपाल आयल निगम स्थापनाको ५० वर्ष पुरा गरी ५१ औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बिहान ११ बजे देखि कोरोना महामारीका कारण भर्चुअल प्रविधिबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष सहितको उपस्थितिमा वार्षिकोत्सव मनाईदैछ ।
यसै गरी निगमले वार्षिकोत्सवका अवसरमा फल्स चुहावट पत्ता लगाउन सफल भए वापत थानको डिपोका प्रमुख प्रदीप कुमार यादवलाई ५१ हजार नगद सहित पुरस्कृत गरिएको छ ।
यस्तै अन्य ५ जना कर्मचारीलाई जनही २५ हजारका दरले नगद पुरस्कार दिईएको छ ।
यस्तै पाँच जना कर्मचारीलाई दुईग्रेड थप गरिएको छ ।
यस्तै अन्य केन्द्रीय कार्यलय र प्रादेशिक कार्यलयहरुमा कार्यरत कर्मचारीहरु पनि पुरस्कृत भएको निगमले जनाएको छ । आयल निगमको आधिकारीक वेभसाईटबाट www.noc.org.np यो वार्षिकोत्सवको प्रत्यक्ष प्रशारण भईरहेको छ ।