प्रधानमन्त्री ओलीबिरुद्ध बयलगाडा अखिलको बयलगाडा प्रदर्शन

प्रधानमन्त्री ओलीबिरुद्ध बयलगाडा अखिलको बयलगाडा प्रदर्शन

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

पुष २६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्ध घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत नेकपा प्रचण्ड माधव समुह निकट अखिलले आज बयलगाडा प्रदर्शन गरेको छ । काठमाण्डौं ललितपुर लगायतका विभिन्न जिल्लाका विभिन्न ठाँउमा गाडा प्रदर्शन गरिएको अखिलले जनाएको छ ।
६२÷६३ सालको आन्दोलनमा राजतन्त्र बिरोधी नारा लाग्दा बयलगाडा चढेर अमेरीका पुग्न सकिदैन भन्ने अभिव्यक्ति दिएका हालका प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिगमन निम्त्याउन खोजेको भन्दै उनीहरुले सांकेतिक बयलगाडा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले रिक्सामा बाँस राखेर बयलगाडा बनाएका थिए । तर काठमाण्डौंमा यसरी गरिएको प्रदर्शनमा प्रहरीले बयलगाडा खोसिदिएको छ ।
विद्यार्थीहरुले सडक प्रदर्शन, प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन, मन्त्रीलाई कालो झण्डा देखाउने लगायतका कार्यक्रम गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी