होटल व्यवसायी संघ कञ्चनपुरको बार्षिक साधारण सभा : कोभिडले थलिएका व्यवसायीको हितमा सरकारले केही नगरेको गुनासो

होटल व्यवसायी संघ कञ्चनपुरको बार्षिक साधारण सभा : कोभिडले थलिएका व्यवसायीको हितमा सरकारले केही नगरेको गुनासो

  • शनिबार, पुस २५, २०७७
  • डम्मर राज भट्ट

  • 13.1K
    SHARES

कन्चनपुर, २५ पुस । होटल व्यवसायी संघ कञ्चनपुरको २५ औँ बार्षिक साधारण तथा १६ औँ अधिवेशन शुरु भएको छ । शनिबारदेखि महेन्द्रनगरमा होटल होटल व्यवसायी संघ कञ्चनपुरको बार्षिक साधारण तथा अधिवेशन शुरु भएको हो ।
अधिवेशनको सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गर्दै पर्यटन र आर्थिक क्षेत्रको विकासका होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको चित्रण गर्नुभयो । मन्त्री भट्टले सुदूरपश्चिममा समेत होटल पर्यटन एव उद्योग क्षर्ेत्रका प्रसस्त सम्भावना रहेकाले लगानीका क्षेत्र पहिचान गरेर अघि बढ्नुपर्नेमा सुझाव दिदै प्रदेश सरकारका तर्फबाट होटल व्यवसायीलाई प्रर्बद्धन गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा होटल व्यवसायी संघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले कोडिभका कारण थलिएको होटल व्यवसायीलाई सरकारले केही पनि सहुलियत नभएको भन्दै दुखेसो पोखे । उनले राज्यलाई करोडौँ कर तिरिरहेका व्यवसायीमाथि महासंकट आईपर्दा समेत सरकारका तर्फबाट कुनै सहयोग नभएको भन्दै दुखेसो पोखेका हुन । नाका खुलाउनदेखि होटल क्षेत्र संचालनमा उनले जोडदिए । कञ्चनपुरका होटल व्यवसायीले सरकार, पार्टीले कोरोना रोकथामका लागि सरकारबाटै अपनाईएका सुरक्षा मापदण्ड लत्याउँदै हजारौँको भिडभाँड जुटाउने तर, होटल क्षेत्रलाई २०÷२५ जना खाना खाना आउँदा डिस्टर्ब गर्ने भन्दै सरकारको आलोचना गरेका छन । उनीहरुले सरकारलाई दलहरुले हजारौँ कार्यकर्ता सडकमा उतार्ने कामले के कोरोना लाग्दैन रु भन्दै प्रशन गरिरहेका थिए । होटल व्यवसायी संघले कर्मचारी, होटल व्यवसायी, उद्योगीलाई पुरस्कृत एव सम्मान समेत गरेको छ । होटल व्यवसायी संघ कञ्चनपुरका कार्यालय प्रमुखलाई ५ हजार नगद सहित सम्मान गरिएको छ । भने र्संघका पुर्व अध्यक्ष पदमराज अवस्थी, पदाधिकारी अम्मराज खडका, गंगाराम गिरीलाई समेत सम्मान गरिएको हो ।
उद्योगी तर्फ कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, महाकाली बहुउदेश्यीय यातायात प्रालिका अध्यक्ष डम्बर दत्त पन्त, लबप्रतिष्ठीत व्यवसायी लवदेव पाण्डेय, लक्ष्मी पाण्डेय, उत्कृष्ठ होटल व्यवसायी पुरुष तर्फ नर बहादुर पाल, महिला तर्फ मुक्ति श्रेष्ठलाई सम्मान गरिएको थियो । नगर शाखा तर्फ बेदकोट, शुक्लाफाँटा, पुर्नवास, दोधाराचाँदनी र जगदम्बा गुफ, यति डिस्लरीलाई सम्मान गरिएको हो । होटल व्यवसायीलाई सहयोग गर्ने, होटल क्षेत्रको बृद्धि विकासका लागि सहयोग गर्ने एव उत्कृष्ठ काम गर्ने कर्मचारी र सफल होटल एव अन्य व्यवसायीलाई हौसला प्रदानका लागि सम्मान गरिएको हो । होटल व्यवसायी संघ कञ्चनपुरका कोषाध्यक्ष रामचन्द्र रेग्मीले आर्थिक र महासचिव शुशिल भट्ट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रेग्मीले ७९ लाख, ४ हजार ४ सय ३२रुपैया बराबरको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने महासचिव भट्टले प्रस्तुत गरेको प्रतिवेदनमा फुट फेस्टिबल कार्यक्रम निरन्तरता दिने, जिल्लाभरी रहेको होटल व्यवसायीको हकहितका लागि बाँकी रहेका पालिका स्तरमा समिति चयन गर्ने, होटल क्षेत्रको प्रर्बद्धन गरिने उल्लेख गरिएकोछ । बार्षिक साधारण सभा एव अधिवेशनको अध्यक्षता ग्राहण गरेका होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष प्रमानन्द भण्डारीले स्थानीय क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रर्बद्धन एव होटल क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम गरिएको बताए । दोस्रो शुक्लाफाँटा पर्यटन महोत्सव सफल पार्नका लागि सघले निकुञ्जमै बैठक आब्हान गरेको स्मरण गराउँदै पर्यटक क्षेत्रको विकासका लागि होटलको सेवा व्यवसाय महत्वपूर्ण रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ