पुष २ काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले संसद विघटन संविधान विपरीत भएको बताएका छन् । आज आयोजित विरोध कार्यकमलाई संवोधन गर्दै देउवाले प्रधानमन्त्रीले गरेको संसद विघटन प्रजातन्त्रको पनि बिरुद्धमा रहेको बताए ।
देउवाले सर्वोच्चले संसद विघटनको मुद्धामा जे निर्णय गरे पनि मान्नु पर्ने जिकिर गरे । अदालतले संवैधानिक मुल्य मान्यता अनुसार विवेक पुर्याएर निर्णय गर्ने देउवाले आशा गरे ।
यदी अदालतले संविधान पुनस्थापना गरेर र निर्वाचनमा जान भन्यो भने अनि ओलीले चुनाव गराएनन भने जनताले उनलाई सडकबाटै हटाउने चेतावनी दिदै ओलीलाई जनताले नेपालमै बस्न नदिने अवस्था बनाउन सक्ने चेतावनी दिए । यदी निर्वाचन भएमा काँग्रेस तयार हुने उनको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline