टोखाको अपार्टमेन्टमा अमेरीका जाने तयारीमा रहेका दम्पत्तिको शंकास्पद मृत्यु

टोखाको अपार्टमेन्टमा अमेरीका जाने तयारीमा रहेका दम्पत्तिको शंकास्पद मृत्यु

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, पुस २५ । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा अमेरीका जाने तयारीमा रहेका एक दम्पत्ति मृत फेला परेका छन् ।
शुक्रबार राति ९ बजे दम्पती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टोखाको ग्रिन भिलामा बस्दै आएका ३३ वर्षीया सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कोठाभित्र मृत अवस्थामा पल्टिरहेको अवस्थामा उमेशको शव भेटिएको थियो भने सुदिक्षा झुण्डिएको अवस्थामा फेला परेकी थिईन् ।
घटनास्थलमा रगत लागेका अवस्थामा सिलौटो फेला परेको छ ।
सुदिक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेर आफु झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनीहरु केही दिन पछि अमेरीका जाने तयारीमा रहेको समेत बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ