नेतृ अन्जु झालाई कांग्रेसले दियो तराई मधेस बिभागको जिम्मेवारी,समर्थकहरु खुसी

नेतृ अन्जु झालाई कांग्रेसले दियो तराई मधेस बिभागको जिम्मेवारी,समर्थकहरु खुसी

  • शुक्रबार, पुस २४, २०७७
  • संजय सहनी

  • 10.4K
    SHARES

पुस २४ रौतहट । नेपाली कांग्रेसले तराई मधेस समन्वय विभागको सदस्यमा रौतहटका चर्चित समाजसेवी अन्जु झालाई मनोनय गरेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता अजय चौरसियाको संयोजकत्वमा रहेको सो विभागमा समाजसेवी झालाई बिहिबार मनोनयन गरिएको हो । नेपाली कांग्रेस पार्टीले तराई मधेसको सबालमा खुलेरै छलफल गर्न विभाग बनाएको बुझिएको छ ।सो विभागमा समाजसेवी झाको मनोनयनलाई पार्टी कार्यकर्ता बिच काम गर्ने उत्साह बढाउने काम भएको नेपाली कांग्रेस रौतहटका जिल्ला नेता गृष नन्दन कुमार सिंहले बताएका छन। समाजसेवी झाको मनोनयनले तराई मधेश विभाग अझै सुदृढ हुने तथा तराई मधेश समन्वय विभागले पार्टी हितमा अझै महत्वपूर्णकाम गर्ने नेता सिंहले विश्वास प्रकट गरेका छन ।
नेतृ अन्जु झा नेपाली कांग्रेसको युवालाई नेतृत्व गर्ने नेपाल तरुण दलमा २०५८ सालमा केन्द्रीय पार्षद भई सकृय राजनीति गदैँ थिईन । समाजसेवामा र गरिब दिनदुखीको सेवा गर्न रुचि राख्ने झा पछिलो समय सामाजसेवामा सकृयता बढाएपछि राजनितिलाई र पार्टीको सेवा साथै काममा कम सकृय भएकी थिईन । हाल आफनै गाँउ र रौतहटको इशनाथ नगरपालिकाको मेयर पदमा आउन स्थानियले नै अवाज उठाउन र माग गर्न थालेपछि नेतृ झा राजनिति गतिलाइ अघि बढाएकै क्रममा पार्टीले थप बल प्रदान गरेको छ। पछिल्लो समय पार्टी संगठन तथा नेतृत्व संगको समन्वय र सम्पर्कमा निरन्तरता दिदै आएका झाको नगरपालिका र जिल्लामा राजनिती सकृयता बढेपछि पार्टीले ठूलो जिम्मेवारी दिएको समाजसेवी अन्जु झा निकटको स्रोतले बताए। करिब एक दशक भन्दा बढी माण्डवी नामक संस्थाको अध्यक्ष रहेर तराइ मधेशको सेवा गर्दै आएकी झा राजनितिमा सक्रियता बढाएसंगै ६ महिना अघि नै अध्यक्ष पद छाडेकी थिईन। हाल उनि माण्डवीका कार्यकारी निर्देशक मात्र हुन ।खास गरि प्रदेश २ को बिभिन्न जिल्लामा अग्नि पिडित,बाढी,कोरोना संक्रमणकाल लगायत बिभिन्न प्राकृतिक प्रकोपको बेला सर्वसधारण,सुरक्षा निकाय, पत्रकार र अन्य निकायलाई सहयोग गर्दै महिला नेतृत्व क्षमता बिकास,महिला शसक्तिकरण अभियान र आत्मनिर्भर बनाउने अभियानलाई लामो समय निरन्तरता दिदै आएकी झा पछिलो समय रौतहटका बिभिन्न स्थानिय निकायसंग सहकार्य गर्दै सयकडौ बिधालय,मदर्शा,खानेपानि टंकी निर्माण र डिपकल जडान लगायत बिभिन्न समाजिक कार्यमा निरन्तर लागेकीले राजनिति मार्फत ईशनाथ नपा सहित बिभिन्न ठाउको बिकाश र परिवर्तनमा आफनो अनुभव प्रभावकारिताका साथ खर्चिने स्थानियहरुको बिस्वाश छ ।नेतृ झा नेपाली काङ्ग्रेसका पुर्व सभापति राजेन्द्र ओ झाकी नातिनी हुन।नेतृ झाको राजनिति सक्रियताले खास गरि रौतहटको इशनाथ नगरपालिकाको राजनितिक माहौल तातिएको छ।बिकाश र समृद्धि चाहने जनतामा खुसी छाएको छ भने बिकाश नगरि भ्रष्टचार मात्र गर्न पल्केकाहरुको होस उडेको स्थानिय जवाहिर शााहले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ