यदी सर्वोच्चले संसद पुनस्थापना गरेन भने संविधान कागजको खोस्टामा परिणत हुन्छः श्रेष्ठ

यदी सर्वोच्चले संसद पुनस्थापना गरेन भने संविधान कागजको खोस्टामा परिणत हुन्छः श्रेष्ठ

  • शुक्रबार, पुस २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौँ प्ष २४ । नेकपा प्रचण्ड माधव समुहका प्रवक्ता एवं राष्ट्रिय सभाका नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संसद पुनस्थापना गर्नु पर्ने बताएका छन् । संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेकाले सर्वोच्चले यसलाई उल्ट्याउनु पर्ने यदी त्यसो हुन नसके संविधान कागजको खोस्टामा परिणत हुने चेतावनी दिए ।
उनले सर्वोच्चले प्रधानमन्त्रीको कदमलाई सही मान्ने हो भने संविधान संशोधन हुने र त्यसलाई कुनै पनि हालतमा सहन नसकिने चेतावनी दिए ।
राष्ट्रिय सभाको आजको बैठकमा श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेलेको र त्यसलाई अहिले सर्वोच्च अदालतले रोक्नुपर्ने बताए ।

“संविधान च्यातिएको अवस्था हुन्छ । समस्त व्यवस्थामाथि प्रहार हुन्छ । व्यवस्था उल्टिने प्रतिगमनतिरको दिशातिर जाने खतरा हुन्छ । त्यो कुरा कुनै पनि हालतमा सैह्य हुँदेन । त्यसैले सर्वोच्च अदालतले संविधानसम्मत फैसला गरोस् भन्ने आग्रह गर्दछौं ।” श्रेष्ठले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ