निर्वाचन आयोगले पत्राचार सच्यायोः नेकपाको दुबै समुहलाई सात दिने म्याद

निर्वाचन आयोगले पत्राचार सच्यायोः नेकपाको दुबै समुहलाई सात दिने म्याद

  • शुक्रबार, पुस २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

पुष २४ काठमाण्डौं । पुष ५ को संसद विघटन पछि विभाजित भएको नेकपाको दुबै समुहले आधिकारीक आफू नै भएको दाबी गरीरहेपछि निर्वाचन आयोगले दुबै समुहले एक साताको म्याद राखेर फेरी पत्राचार गरेको छ ।
यस अघि आयोगले प्रचण्ड माधव समुहलाई एक साताको म्याद दिई ओली समुहलाई जानकारी मात्र गराउने आशयले पत्र लेखेपछि विरोध भएको थियो ।
त्यसपछि आधिकारीकता, नाम र चुनाव चिन्ह दाबी गर्न भन्दै सात दिनको समय राखेर बिहिबार पत्राचार गरिएको हो ।
हाल नेकपा विवादका दुवै पक्षले आधिकारिकता दाबी गर्नुभन्दा पनि पदाधिकारी हेरफेर र विधान संशोधनका विषयमा छुट्टाछुट्टै निर्णय आयोगमा जानकारी गराएका छन्। दाहाल–नेपाल समूहले गत साता आयोग पुगेर आधिकारिकता दाबी गरेको भनिए पनि त्यो राजनीतिक दलसम्बन्धी ऐनले तोकिएको प्रक्रिया पूरा भएको छैन।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २५ अनुसार दलले ऐनको दफा ५१ बमोजिम आफ्नो नाम, विधान, नियम, छाप, झन्डा, चिह्नमा परिवर्तन वा संशोधन भए वा पदाधिकारीको हेरफेर भए दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले अनुसूचीबमोजिम आयोगमा जानकारी गराउनुपर्ने व्यवस्था छ। जानकारी प्राप्त भए आयोगले त्यस्तो परिवर्तन, संशोधन वा हेरफेर संविधान, ऐन यस नियमावली तथा दलको विधान बमोजिम भएरनभएको र सो सम्बन्धमा आधिकारिक निर्णय भएरनभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्ने व्यवस्था छ।
दुबै पक्षले आधिकारीकता दाबी गरीरहेको सन्दर्भमा प्रचण्ड माधव समुहको केन्दीय समिति र संसदीय दलमा बहुमत देखिएकाले उनीहरुले आधिकारीकता पाउने दाबी गरेका छन् ।
तर ओली पक्षले पनि चुनाव चिन्ह र नेकपा आफूहरुसगैँ हुने ठोकुवा गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ