राजनीति दुश्मनीले गर्दा मलाई बदनाम गर्न खोजियो : मेयर रामस्नेही यादव

राजनीति दुश्मनीले गर्दा मलाई बदनाम गर्न खोजियो : मेयर रामस्नेही यादव

  • बिहिबार, पुस २३, २०७७
  • संजय सहनी

  • 10.9K
    SHARES

पुस २३, रौतहट । रौतहटका बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवले केही मिडियाले आफुलाई अनावश्यक बदनाम गर्न खोजेको गुनासो गरेका छन ।बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर यादवले समाजमा केही गर्न नसक्ने र राम्रो गरेको हेर्न नसक्ने केही तत्वले केही मिडियालाई आफु बिरुद्ध प्रयोग गरेर बदनाम गराउन खोजेको बताएका हुन ।
यादवले राजनितिक पुर्वाग्रहको कारण केहीतत्व यस्तो षडयन्त्र गरीरहेको समेत खुलासा गरेका छन ।
हाल भईरहेको वर्दीवास निजगढ रेल्वे ट्याक निर्माण कार्यलाई प्रभावित पर्ने षड्यन्त्रको पछि नलाग्न समेत मेयरले पत्रकार तथा आम जनसमुदाय संग अग्रह गरे ।
रेल्वे प्रयोजनको लागि खोलाजन्य बस्तु निकाल्ने कार्यमा बाधा पुर्याउने उद्देश्यबाट केही समाजिक संजालमा भाइरल भईरहेको कपोकपिल्त समाचार प्रति वृन्दाबन्द नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनको भनाई छ।
वर्दीबास निजगढ सडक खण्डमा निर्माणाधिन रेल्वेको ट्रयाक निर्माणको लागि भएको सम्झौता अनुसार बागमती नदीबाट खोलाजन्य बस्तुको निकासीलाई प्रभावित पार्ने उदेस्यले आफनो र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवको चरित्र हत्या हुने गरी केही स्थानीय संचारमाध्यम र समाजिक संजालमा भईरहल भईरहेको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त समाचार प्रति मेयर यादवले खेद प्रकट गरका थिए ।
नगरपालिका अन्तर्गत वागमती नदीको मटियार घाँटबाट वालुवा र गिटी निकासी सम्बन्धि रौतहट साथै हिमढुंगा ठोकर र कनकाई जेभीलाई गैरकानुनी रुपमा ठेक्का दिएर नगरलाई आर्थिक हानीनोक्सानी पुर्याएको जस्ता भ्रामक समाचार तथा समाजिक संजालमा आएकोमा आफु अत्यन्तै दुखी भएको मेयर रामस्नेही यादवले पत्रकार सम्मेलनमा बताएका थिए।
गत असोज १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेल विभागको चलानी नम्वर ३५७ को पत्रको अधारमा वृन्दावन नगरपालिकाको बोर्डको असोज २५ गते बसेको बैठकको निणर्य ६ अनुसार तथा नदीजन्य खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको कार्तिक ४ गतेको निणर्य नम्वर २ बमोजिम नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन विक्री तथा मापदण्ड २०७७ को दफा १२ को उपदफा १ र १ बमोजिम प्राथमिकता प्राप्त आयोजना पूर्व पश्चिम रेल निर्माणको हकमा शुल्क लिएर ५० हजार घनमिटर निकासी दिने निणर्य भएको थियो ।
सोही निणर्य वमोजिम हाल सम्म ३५ हजार घनमिटर निकासी भईसकेको छ भने बाँकी १५ हजार घनमिटर निकासी हुने क्रममा रहेको तथा रेल्वे ट्रयाक निर्माण वाहेक अन्य कुनै प्रयोजनको लागि अहिले सम्म खोलाजन्य पदार्थको निकासी नभएको मेयर यादवले स्पष्ट पारका थिए ।
एक पक्षिय रुपमा समाचार प्रकाशित गरी समाचारको मर्म र भावना विपरित कार्य गर्ने त्यस्ता समाचार गृह र समाजिक संजालमा भाइरल गराउने विरुद्ध वृन्दावन नगरपालिकाले कानुनी बाटो अख्तियार गर्ने उनले जानकारी दिएका छन । पत्रकार सम्मेलनमा निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, नगरपालिकाको बोर्ड सदस्यहरु,अधिकांस वडा अध्यक्ष तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ