कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पु¥याउने बुबाको सपना

कुस्तीमा अब्बल शिवानीः ओलम्पिक पु¥याउने बुबाको सपना

  • बिहिबार, पुस २३, २०७७
  • –शेरबहादुर सिंह

  • 29.2K
    SHARES

डडेल्धुराका राजु दुबे कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्नुहुन्छ । डडेल्धुरामा तेह्र वर्ष मजदूरी गरेर परिवारसहित तराई बसाइँ सर्दै महेन्द्रनगर आइपुग्नुभएका सामान्य परिवारको दुबेको सपना भने ठूलो छ ।

राजु दुबेको परिचय एउटा मजदूर र सामान्य व्यक्तिको रुपमा मात्रै होइन, उनी कुस्तीका राष्ट्रिय खेलाडी र कुस्तीमा मुलुकमै प्रतिभावान खेलाडीका रुपमा उदाएकी महिला खेलाडी शिवानी दुबेका बुबा हुन् ।

साँढे १६ वर्षको उमेरमा राष्ट्रियस्तरमा पाँच स्वर्ण र गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० मा रजत पदक विजेता शिवानीको सफलताको पछि उहाँका बुबाको महत्वपूर्ण भूमिका छ ।

राजु दुबे कुनै बेला भारतको हरियाणा क्षेत्रमा गाडीमा मजदूरीसँगै कुस्ती खेल्थे । “भारतमा करिब २५ वर्ष कुस्ती खेले”, बिहीबार बिहान यहाँस्थित कवर्डहलमा भेटिएका उहाँले भन्नुभयो, “भारत छाडेर स्वदेश आएको २० वर्षपछि छैठौं, सातौं र आठौं राष्ट्रिय कुस्ती प्रतियोगिता खेल्यौँ ।”

उमेरले ४५ वर्ष नाघिसक्दा पनि कुस्तीतर्फ छंैठौं र सातांैमा कास्य पदक जितेका दुबेले बृहत आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि सहभागी भएका थिए । “आठौंमा त छोरी र म सँगै प्रतिस्पर्धामा उत्रिएका थियौं”, सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरेका दुबेले भन्नुभयो, “छोरीले स्वर्ण जितिन, म दोस्रो खेलमा घाइते भएर बाहिरिएँ ।”

हरेक सन्ततिको सफलताकोपछि अभिभावकको ठूलो भूमिका हुने भन्दै छोरीलाई हरेक दिन यहाँस्थित कवर्डहलमा प्रशिक्षण गराउँदै आएका राजुले आफै पनि नियमित प्रशिक्षण गराउने गरेका छन् । बिहान बुबासित प्रशिक्षण लिइरहेकी शिवानी बेलुकी भने कुस्तीका अन्य खेलाडीसँगै प्रशिक्षणमा हुन्छिन् । बुबाको प्रेरणाबाटै कुस्तीमा अघि बढिरहेकी शिवानीले आगामी लक्ष्य भनेको साग प्रतियोगितामा स्वर्ण जित्ने बताउनुभयो ।

“सागमा मेरो प्रतिस्पर्धा भनेकै भारतीय खेलाडीसित हुनेछ”, शिवानीले भन्नुभयो, “१३औँ सागमा भारतबाट एशियन च्याम्पियन खेलाडीसित टक्कर दिनेगरी प्रतिस्पर्धा गरेको थिए ।” कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच पनि बुबाले डेरामै नियमित प्रशिक्षण दिनुभएको उहाँको भनाइ छ । “प्रायः प्रतियोगिता सकिएपछि खेलाडीले नियमित प्रशिक्षण नै छाड्ने यहाँ परम्परा जस्तै बनेको छ”, दुबेले भन्नुभयो, “मैले त साग सकिएसँगै छोरीको प्रशिक्षणलाई आजसम्म छुटाइन ।”

छोरीलाई ओलम्पिकसम्म पु¥याउने लक्ष्यका साथ अग्रसर रहनुभएका दुबेले छोरीलाई चार वर्ष भारतमै राखेर प्रशिक्षण गराउने बताउनुभयो । “यसवर्ष सागपछि छोरीले सम्मान र पुरस्कार स्वरुप रु ६ लाख पाएकी थिइन”, उहाँले भन्नुभयो, “सोही रकम छोरीको प्रशिक्षणका निम्ती भारतमा खर्चिदै छु ।”

आफूले पनि आर्थिक अवस्था कमजोर हुँदा खेलबाट टाढिनुपरेको बताउँदै उहाँले अहिले आफ्नै खर्चमा छोरीलाई भारत प्रशिक्षणमा पठाइरहेको बताउनुभयो । “प्रशिक्षणका लागि भारतको हरियाणामा रु अढाई लाख भारतीय रकम जम्मा गरेर आएको छु”, उहाँले भन्नुभयो, “मासिक रु दश हजार भारु लाग्छ ।”

छोरीसँगै देशका विभिन्न स्थानमा हुने प्रतियोगितामा सहभागी हुने गरेका दुबेले मुलुकमा कुस्तीका अब्बल खेलाडी रहे पनि राज्यले ध्यान दिन नसकेको बताउनुभयो । “नेपालका खेलाडी नभएका होइनन्”, उहाँले भन्नुभयो, “खेलकूदबाट आर्थिक अवस्था मजबूत र जागिरको ग्यारेन्टी हुनुपर्छ ।” फुर्सदमा जग्गा किनबेचको कारोवार गरेर जीविका चलाउँदै आएका उहाँले डेरामै बसेर छोरी शिवानीसँगै सिङ्गो परिवारको खर्च चलाइरहेको बताउनुभयो ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण जितेपछि कान्छी कुस्ती खेलाडीका रुपमा चर्चा बटुलेकी शिवानीले कक्षा–८ पढ्दादेखि नै कुस्ती खेलमा आवद्ध भएको बताउनुभयो । “राष्ट्रियस्तरमा अहिलेसम्म दोस्रो भएको रेकर्ड छैन”, उहाँले भन्नुभयो, “बिहान प्रशिक्षणमा ल्याउनेदेखि खानाको व्यवस्थापनसम्म बुबाले गर्नुहुन्छ ।” उहाँले भारतमा प्रतियोगिता जितेर बुबा मेडलसहित घर फर्किंदा आफू पनि हौसिएर खेलकूदमा लागेको बताउनुभयो ।

त्यसैगरी कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलमा सुदूरपश्चिम मुलुककै अब्बल सावित भइसकेको बताउनुभयो । “अध्ययन समय बाहेक शिवानी प्रशिक्षणमा मेहनत गर्छिन्”, उहाँले भन्नुभयो, “ बल र आइडिया सबै राम्रै छ ।” गत वर्ष भएको साग खेलकूद प्रतियोगितामा एक स्वर्णसहित सात पदक जितेपछि महेन्द्रनगरको कुस्तीमा वर्चस्व रहेको प्रशिक्षक चन्दको भनाइ छ ।

जिल्ला खेलकूद विकास समितिको कार्यालयको कोठामा प्रशिक्षणरत कुस्ती खेलाडीका लागि हलको व्यवस्थापनको पहल भइरहेको छ । “केही दिनअघि यहाँ आउनु भएका राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिवलाई पनि कुस्तीको अवस्था र समस्याका बारेमा बताएका छौं”, चन्दले भन्नुभयो, “सदस्य सचिवले हलका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी