शेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से २२०० बिन्दु नजिक

शेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से २२०० बिन्दु नजिक

  • बिहिबार, पुस २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं पुष २३। पछिल्लो समय सुधार भएको शेयर बजार निरन्तर उकालो लागेर ऐतिहासिक रेकर्ड बनाएको छ । आज दोहोरो अंकले बढ्दै नेप्से २२०० बिन्दु छेउ पुगेको छ ।
बिहीबार सेयर बजार सूचक १५ अंकले बढेर २१९४ बिन्दुमा पुगेको छ। पछिल्लो राजनीतिक अस्थीरतालाई चिर्दै शेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको हो ।
बिहीबार अधिक दरले मूल्य बढ्नेमा मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलोपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्स रहे । यी कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
सर्वाधिक कारोबार हुने कम्पनीमा भने प्रभु बैंकले सबैलाई उछिनेको छ। बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल पुनर्बिमा कम्पनीको २७ करोड, चिलिमे हाइड्रोपवारको २४ करोड, नेपाल लाइफको २३ करोड र एनआइसी एसिया बैंकको २२ करोड रुपैयाँको कारोबार भएको छ।

आज साताको अन्तिम कारोबार दिन २०८ कम्पनीको ५ अर्ब ८७ करोड रुपैयाँबराबरको एक करोड १७ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ