डेढ लाख घुस सहित ईन्जिनियर रंगेहात पक्राउ

डेढ लाख घुस सहित ईन्जिनियर रंगेहात पक्राउ

  • बुधबार, पुस २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएका आरोपमा पक्राउ परेका छन् ।
सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सबइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो ।

भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ ।
पटक पटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेका अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जियार थारुका नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।
उक्त विद्यालयमा रु १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो । घुस लिँदै गरेका अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाका लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ