पुष २२ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलन घोषणा गरेको अनेरास्ववियुका विद्यार्थीहरुले दिँउसै लालटिन बालेुर ओली सरकार कहाँ छ ? भन्दै प्रदर्शन गरेका छन् । संविधान विघटनको धारा खोई विद्यार्थीहरुले कालो ब्यानरमा लेखेका छन् ।
माईतीघरदेखि वानेश्वर सम्म विद्यार्थीहरुले लालटिन जुलुश निकालेका थिए । उनीहरुले बयलगाडा प्रदर्शन देखि मन्त्रीलाई कालो झण्डा देखाउने र प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने सम्मका कार्यक्रम घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीले पुष ५ मा संसद विघटन गरेदेखि नै विभाजित नेकपाको प्रचण्ड माधव समुह , काँग्रेस जसपा लगायतका दलहरु आन्दोलित छन् । यस्तै नागरिक समाज पनि आन्दोलित छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline