संसद विघटनको मुद्धाबारे सर्वोच्चमा सुनुवाई शुरु, पुरानै टिमको ईजलाश गठन

संसद विघटनको मुद्धाबारे सर्वोच्चमा सुनुवाई शुरु, पुरानै टिमको ईजलाश गठन

  • बुधबार, पुस २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पुष २२ काठमाण्डौं । प्रतिनिधि सभा विघटन बिरुद्ध परेको एक दर्जन बढी रिटमा आज सुनुवाई शुरु भएको छ । पुष ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि त्यसको बिरुद्ध एक दर्जन बढी रिट दायर भए पछि गठन भएको संवैधानिक ईजलाशमा अन्तिम सुनुवाई शुरु भएको छ ।
यो ईजलामा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । वरिष्ठ न्यायधीश नराखिएकामा यस अघि आलोचना भए पनि आज पनि सोही टिम रहेको छ ।
यो मुद्धामा सहयोग पुर्याउन एमीकस क्युरी समेत गठन भएको छ ।
क्युरीमा पूर्णमान शाक्य, गीता संग्रौला, बद्री बहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली छन् ।

यो सुनुवाई अघि सर्वोच्चको आदेश अनुसार राष्ट्रपतिको कार्यलय, प्रधानमन्त्रीको कार्यलय र सभामुख अग्नी सापकोटाले लिखित जवाफ पेश गरीसकेका छन् ।

यो मुद्धाको अन्तिम फैसला माघ भित्रमा हुन सक्ने बताईएको छ । धेरै दलहरुले सर्वोच्चले संसद पुनस्थापना गर्ने विस्वास व्यक्त गरे पनि प्रधानमन्त्री ओली भने सर्वोच्चले संसद नविउत्याउने दाबी गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ