काठमाण्डौंको हावा विश्वकै दुषित मध्यको एक , आवस्यक काम बाहेक घरबाहिर नजान सल्लाह

काठमाण्डौंको हावा विश्वकै दुषित मध्यको एक , आवस्यक काम बाहेक घरबाहिर नजान सल्लाह

  • मङ्लबार, पुस २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

पुष २१ काठमाण्डौं । काठमाण्डौ उपत्यकामा सोमबारदेखि खराब देखिएको वायुप्रदुषणको स्थिति आज पनि उस्तै छ ।
वायुको प्रभावले सोमबार बिहान यसपालिको पहिलो हिउँदे वर्षा भए पनि काठमाण्डौं धुम्मिएको छ तर बर्षा भएको छैन । हिजोदेखि घाम समेत लागेको छैन । विज्ञरुले राजधानीको प्रदुषण निकै खराब रहेको भन्दै अत्यावस्यक काम बाहेक घर बाहिर नजान सुझाव दिईरहेका छन् ।

एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४८७ थियो।
खराब बायु प्रदुषणले जनजीवन समेत प्रभावित बनेको छ । अत्याधिक जनसंख्या, बढ्दो सवारी चाप र भुवनौटका कारण वायुप्रदुषणले खतराको संकेत पार गरेको विज्ञहरुले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ