इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पूजी बजारको ईतिहासमा सबै भन्दा ठूलो आईपिओ ल्याउदै, कति सम्म पर्ला आवेदकलाई ?

इन्फ्रास्ट्रक्चर बैंकले नेपालको पूजी बजारको ईतिहासमा सबै भन्दा ठूलो आईपिओ ल्याउदै, कति सम्म पर्ला आवेदकलाई ?

  • मङ्लबार, पुस २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्व, बराबरको सार्वजनिक निष्काशन यहि आउदो माघ ०२, २०७७ देखि माघ ०६, २०७७ सम्म ल्याउदैछ ।
यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरीसकेको छ ।
जम्मा २० अर्व चुक्ता पूंजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ ।
हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशन ९क्ष्एइ० का लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तिय संस्था , जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।
अहिले कोरोना महामारीपछि शेयरबजारमा थुप्रै लगानीकर्ताहरुको प्रवेश भएको छ । खास गरी आईपिपओमा लगानी गर्नेहरुको संख्या दिनँहु बढीरहेको छ । यस अघि जारी भएका विभिन्न कम्पनीहरुको आईपिओमा १० कित्ता पनि आधा जति आवेदकलाई मात्रै परेको अवस्थामा यो पटक भने सबै आवेदकले शेयर हात पार्ने संभावना रहेको छ ।
शेयर बजार विष्लेषकहरुले ५० देखि १०० कित्ता सम्म शेयर पर्न सक्ने आकंलन गर्दै सोही अनुसार आवेदन दिन लगानीकर्ताहरुलाई सुझाईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ