पुष २० हुम्ला । हिमाली जिल्ला हुम्लामा भारी हिमपात हुँदा विमानस्थलमा जहाज थन्किएका छन् । साथै जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातका कारण गाँउलेहरु घर बाहिर निष्कन समेत कठिन बनेको छ ।
हिमपात भएपछि हुम्ला विमानस्थलमा तारा एयरलाइन्सका दुईवटा जहाज थन्किएका छन् । आइतबार बिहान नेपालगन्जबाट हुम्ला अवतरण गरेको एउटा जहाजको ब्याट्रीमा समस्या आएपछि प्राविधिक टोली ल्याएर अर्को जहाज आएको थियो ।
मर्मत गरी फर्किने बेलामा हिमपात भएपछि जहाज सिमकोटमै रोकिएको विमानस्थल प्रमुख विष्णु अधिकारीले बताए ।
यस्तै डोल्पा, मुगु लगायतका हिमाली जिल्लामा पनि बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline