काठमाडौ पुष २० । नेपालको राजधानीका विभिन्न ठाँउमा स्टोर खोलेको बिगमार्टले उपभोक्तालाई विभिन्न अफरका नाममा ठग्ने गरेको भेटिएको छ । भाटभटेनी बाट विशाल नगर जाने बाटो ढल्कु चौकमा रहेको बिगमार्टले ग्राहकलाई थाहै नदिई ठग्ने गरेको तथ्य फेला परेको हो ।
रामदेव सुर्यमुखी तेल एक लिटर लिदा रु १९० र ३ पोका लिदा अफरमा १७९ रुपैया प्रती पोका पाउने बताए पनी ९ पोका लिदा ८ पोका १७९ मा र एक पोकाको १९० रुपैया नै लिएर ठगीएको उपभोक्ताको गुनासो छ ।
बिग मार्टमा सामान खरिद गरेर घर पुगेपछि सामानको बिल चेक गर्दा आफुलाई अफरको नाममा ठगेको पाईएको एक उपभोक्ताले बताए । उनका अनुसार विल हेरेपछी आफू ठगीएको बुझी बिग मार्टका कर्मचारीसगँ कुरा गर्न जाँदा त्यस्तो त हुनु नपर्ने भनी कर्मचारीले जवाफ दिएका थिए ।
तर बिग मार्टमा सामान खरिद गरिरहेका अन्य उपभोक्तालाई पनि ती कर्मचारीले सोहि अफर नै प्रस्ताव गरिरहेको पाईएको उनी बताउछन् । आफु अफरको नाममा ठगिएको भनेर गुनासो गर्न पुग्दा अर्का एक महिला ग्राहकले २ पोका रामदेव तेल किन्न खोज्दा मार्टका कर्मचारीले तीन पोका लानुस् अफर छ भनेका थिए । तर ती महिलाले दुई पोका अफरमै दिनुस् न भन्दा उनीहरुले हुँदैन भने पछि ती महिलाले एक पोका मात्र तेल १९० रुपैयामा लगेकी थिईन् ।
यो सबै सुनिरहेका ती उपभोक्ताले भने, मैले बिल लगेर ती कर्मचारीलाई देखाई आफु ठगिएको कुरा बताउदा उनले त्यस्तो त हुनु नपर्ने हो तर खै कसरी भयो भन्दै बिल नै गलत भएको हुन सक्ने तर्क गरे ।
त्यसपछि नक्कली बील बोकेर ल्याएको तर्क गरेपछि कमप्युटरमा चेक गर्दा बिल सक्कली भएको प्रमाणित भएपछि कर्मचारीले गल्ति गरेको तर उक्त पैसा फिर्ता भने दिन नसक्ने बताएका थिए । आफुले बढी लिएको रकम फिर्ता पाउनुपर्ने अडान राखेपछि ती कर्मचारीले पेमेन्ट भएपछि रकम फर्ता नहुने भन्दै ग्राहकको पैसा फिर्ता गर्न मानेनन् ।
सामान्य भनाभन भएपछि आएका बिगमार्ट का सिनियर कर्मचारी सुजीतले पनी कर्मचारीको गल्ती भएको बताए । तीनै सुजितले पहिला तीन पोकामा अफर थियो अहिले दुई पोकामा अफर भएको बताए ।
जब कि केही समय पहिला अर्की महिलाले २ पोकामा अफर माग्दा दुई पोकामा छैन तीन पोकामा मात्र छ भनेपछि एक पोका मात्र खरीद गरेकी थिईन् । र आफुले सामानको खरिद बिल लगेर जाँदा पनि अफर रहेको बिल नै गलत भएको हुन सक्ने भन्दै आशंका गरेर कम्युटरमा चेक पनि गरेको तर ग्राहक ठगेको प्रमाणित भएपछि ती कर्मचारीले अफर नै नभएको बताएका हुन् ।
यसरी ग्राहकलाई दोहोरो अफरको प्रलोभन दिने, गल्ती पनि स्वीकार गर्ने तर ठगिएको रकम फिर्ता पनि गर्न नमान्ने बिगमार्टका कर्मचारीको व्यवहारबाट सरासर ठगी हुने गरेको ती उपभोक्ताले मिर्मिरेसगँ गुनासो गरे । यसरी ग्राहकलाई झुक्याउने र ठग्नेलाई केही कार्बाही हुन्छ कि हुँदैन ? ती उपभोक्ताले भने ।
सामान खरिदपछि बिगमार्टले दिएको बिल ।
