लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

मोरङ, पौष १९ गते । मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर-१६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाईजेलाब-६ एम्पुल र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-२ का २४ बर्षीय अनिके राईलाई बिराटनगर-१६ बाट लुपिजेसिक-८ एम्पुल, एभिल-८ एम्पुल, डाईजेलाब-८ एम्पुल र फेनारगन-८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो ।

यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस , ippl -६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ