प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधी प्रदेश १ लाई

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधी प्रदेश १ लाई

  • आइतवार, पुस १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं पुष १९। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले टोली विभागीय डिफेन्डिङ च्याम्पियन एपिएफपलाई ५ रनले पराजित गरेको हो । जितका लागि कप्तान रुबिना क्षेत्री र एलिसा खडियाले समान दुई–दुई विकेट लिए भने संगीत राईले एक विकेट हात पारिन् ।

प्रदेश १ ले दिएको १ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा रहेको एपिएफ २० ओभरमा ७ विकेट गुमाएर ९९ रन बनाइएको छ । उसका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन् । करुणा भण्डारी २६ रन जोड्दै अविजित रहिन् । ज्योति पाण्डेले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । उसका लागि अप्सरी बेगमले ३४ र काजल श्रेष्ठले २९ रन बनाइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले १८ रन बनाइन् । बलिङतर्फ एपिएफकी सीता राना मगरले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदा करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

जितसँगै प्रदेश १ ले पाँच लाख र उपविजेता एपिएफले तीन लाख रुपैयाँ पाएको छ । प्रदेश १ ले पहिलो पटक प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । खेल हेर्न सैयौं दर्शक मैदानमा पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ