काठमाण्डौ पुष १९ । केही दिन अघि मात्रै आईपिओ निष्कासन गरेको प्रभु लाईफ ईन्स्योरेन्स कम्पनीको आजबाट धितोपत्र बजारमा कारोबार शुरु हुदैछ ।
यो कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएका २ करोड कित्ता साधारण सेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।
पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीको सेयरलाई प्रतिकित्ता १०९.५६ रुपैयाँदेखि ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
प्रभु लाइफ इन्स्योरेन्सले गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। आईपिओ पछि कम्पनीको चुक्तापुजी २ अर्ब पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline