नागरिक बहु–उद्देश्यीय सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

नागरिक बहु–उद्देश्यीय सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

  • शनिबार, पुस १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

भक्तपुर, १८ पुस । नागरिक बहु–उद्देश्यीय सहकारी संस्था लि. सुर्यविनायकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
बागमती प्रदेश सभाका सभासद रजनी जोन्छेंको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ । यस वर्ष कोभिड–१९ अर्थात कोरोना भाइरसबाट हुने सक्ने जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी पुस ८ गतेदेखि पुस १७ गतेसम्म सदस्यहरुलाई कार्यालयमा उपस्थिति गराई आज साधारण सभा सम्पन्न गरेको संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै सांसद जोन्छेंले कोभिड– १९ को महामारीको समयमा पनि सदस्यहरुको सेवामा कुनै कमी हुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गरिन् ।
उनले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफस्न बचतकर्ताहरुलाई आग्रह गरिन् ।
संस्थाका अध्यक्ष देवलाल किसीले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ