मन्त्री शाहले देखाएनन मानवीयता, आफ्नो गाडीले मान्छेलाई ठक्कर दिएर भागे तर उद्धार गरेनन्

मन्त्री शाहले देखाएनन मानवीयता, आफ्नो गाडीले मान्छेलाई ठक्कर दिएर भागे तर उद्धार गरेनन्

  • शनिबार, पुस १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.9K
    SHARES

पुष १७ । केही दिन अघि मात्रै प्रचण्ड माधव समुह छाडेर ओली समुहमा प्रवेश गरी शहरी विकास मन्त्री भएका प्रभु शाहको गाडीले पैदल यात्रीलाई ठक्कर दिएर भागेको छ ।
सर्लाहीको हरिवनमा बाटोमा हिँडिरहेका यात्रुलाई ठक्कर दिए पछि मन्त्रीको गाडी उनको उद्धार र उपचारको साटो भागेको थियो ।
ती घाईतेको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भईरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साह सवार ना १ झ ३८४२ नम्बरको जिपले लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको थियो । घाइते तामाङको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्थानीयवासीले झण्डा हल्लाउदै आएको मन्त्रीको गाडीले मान्छेलाई ठोकेर लडेर घाईते भएको अवस्थामा उद्धार र उपचारमा लाग्नु पर्नमा उल्टै भागेर गैर जिम्मेवार काम गरेको बताएका छन् ।
मन्त्रीको गाडीले ठक्कर दिएको कुरा प्रहरीले केन्द्रमा जाहेर भईसकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ