काठमाडौं, १३ पुस । ‘एनएलजी इन्स्योरेन्स कम्पनी,तपाईंको भविष्य हाम्रो जिम्मेवारी’ भन्ने नारा दिएर निर्जीवन कम्पनीको रुपमा काम गरीरहेको एनएलजी ईन्स्योरेन्सबाट बीमा गराउदा विभिन्न प्रतिवद्धता र आस्वासन दिए पनि भुक्तानी दिनेबेला भने बिभिन्न बहाना बनाएर भुक्तानि नदिएर घरमालिक ठगिएको पाईएको छ । कम्पिनीले ईटहरीमा आगलागी भएको घरको बीमा दाबी भुक्तानी गर्न अस्वीकार गरेको पाईएको हो ।
३२ वर्षदेखि सञ्चालित पूरानो बीमा कम्पनीले नै घर आगलागीको बीमा दिन नमाने पछि पीडित परिवारले बीमामाथि नै विस्वास गर्न छाडेका छन् ।
२०७६ साल कार्तिक १९ गते ईटहरीका सुरेन्द्र खत्रीको घरमा भाडामा बस्नेहरुबीच आपसी झगडा भई मोहम्मद अन्सारी नामका व्यक्तिले घरमा राखिएको पल्सर बाईकमा आगो लगाएका थिए । सो आगलागी पछि खत्रीले आफ्नो घर र मोटरसाईकलको अवस्थाको बारेमा प्रहरीमा खबर गरे । प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्यो । क्षति भएको जानकारी दियो ।
घटनामा संलग्न मोहम्मद अन्सारीलाई नियन्त्रणमा लिएर कानुनी कार्बाही अघि बढायो । जस अनुसार ती दोषी अभियुक्त अन्सारी अहिले झुम्का कारागारमा रहेका छन् ।
सोही बमोजिम खत्रीले बाईकको बीमा गरिएको आईएमई जनरल ईन्स्योरेन्समा खबर गरे र घरको बीमा गरिएको एनएलजीमा खबर गरे । सोही बमोजिम ईन्स्योरेन्स कम्पनीहरुले घटनास्थलमा आएर तस्वीर खिचि र विवरण तयार पारे । सो बमोजिम आईएमईले मोटरसाईकलको बीमा बापतको एक लाख ६५ हजार रुपैया भुक्तानी ०७७ साल भदौमा दियो ।
तर एनएलजीका कर्मचारीले घर क्षतिको मुल्याकंन गरेर एक लाख ७० हजार रुपैया प्राप्त गर्नु हुन्छ भन्ने बचन दिएर गएका थिए । तर तारन्तार खबर गर्दा पनि भुक्तानी नदिई उल्टै दोहोरो भुक्तानी लिन नपाउने बीमाको सिद्धान्त अनुसार घर क्षतिको भुक्तानी दिन अस्वीकार गरेको हो ।
०७७ भदौ २ गते ईन्स्योरेन्सको केन्द्रीय कार्यलयले सुनसरी जिल्ला अदालतले अभियुक्त मोहम्मद अन्सारीलाई क्ष्तिपुर्ति भराईसकेकाले दोहोरो भुक्तानी दिन नमिल्ने पत्र लेखेर भुक्तानी दिन अस्वीकार गरेको छ ।
तर पीडित खत्रीका अनुसार आगलागी गराउने अनसारीबाट भुक्तानी उनले पाएका छैनन् ।
यस बिषयमा एनएलजीका दाबी विभागका प्रमुख अनल गौतमले दोहोरो भुक्तानी दिन नमिल्ने जिकिर गरे ।
उनी भन्छन्, ‘भविश्यमा हुनसक्ने दुर्घटना या क्षतिबाट बच्न बीमा गरिएको हो, तर बीमा गराउन बिभिन्न आकर्षित नारा दिएर सर्वसाधारणलाई जालमा पार्ने अनी भुक्तानी गर्नुपर्ने बेला आएमा बहाना बनाएर नदिने यस्ता इन्स्योरेन्स बहिस्कार गर्नुपर्छ ।’
‘मैले गरेको बीमा बापत पाउने रकम इन्स्योरेन्सले भुक्तान गर्नुपर्छ, मैले कतैबाट क्षतिपूर्ती लिएको छैन भने कसरी दोहोरो भुक्तानी दिन नमिल्ने भन्न मिल्छ इन्स्योरेन्सले ? यो त सरासर ठगि नै हो,’ उनी भन्छन् ।
आगलागी भएको खत्रीको घर ।यहि घरको भुक्तानी दिन एनएलजी इन्स्योरेन्सले अस्वीकार गरेको हो ।
यस बिषयमा जानकारी लिदा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पीडितले बीमा पाउनु पर्ने बताए ।
मिर्मिरेलाई अदालत स्रोतले दिएको जानकारी अनुसार उसले गरेको गल्ती वापत उसलाई सजायको रुपमा क्षतिपुर्ति अदालतले गराउने भनेको तर बीमा आफ्नो दायित्वबाट पन्छिन नमिल्ने बतायो ।
यसरी बर्षेपिच्छे बीमा शुल्क तिरेर घर आगो लाग्दा र सामानहरु क्षति हुँदा पनि बीमा नपाए पछि बीमाको नाममा नारा दिएर हिँड्ने ईन्स्योरेन्सहरुले भ्रम छरेर पैसा मात्र असुल्न बीमा गर्ने गरेको भन्दै सचेत भएर मात्रै बीमा गर्नु पर्ने गुनासो खत्रीले गरे ।
उनले एनएलजी जस्तो पुरानो ईन्स्योरेन्स भनेर घरको बीमा गरेँ तर अहिले धोका भयो, खत्रीले भने बरु मेरो मोटरसाईकलको बीमा आईएमईले तिर्यो ।
सोहि घरमा लागेको आगोबाट जलेको मोटरसाइकल । मोटरसाईकलको भने आईएमईले बीमा दाबी भुक्तान गरिसकेको छ ।
खत्रीलाई कम्पनीले पठाएको भुक्तानी दिन नपर्नेबारेको यो पत्र ।
