सिद्धार्थ ग्रुपद्धारा हेटौडामा पनि सेवा विस्तार

सिद्धार्थ ग्रुपद्धारा हेटौडामा पनि सेवा विस्तार

  • शुक्रबार, पुस १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

देशैभर होटेल , रिसोट , रेष्टुरेन्ट र क्याफेहरु संचालन गर्दै आएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले नया बर्ष २०२१को सुरुवात संगै हेटौडामा पनि सेवा बिस्तार गरेको छ ।
हेटौडामा संचालनमा रहेको होटेल सामनासंग व्यवस्थापकीय साझेदारी गरेर सिद्धार्थ गु्रपले तीन तारे स्तरको होटेल सुरु गरेको हो ।
बाग्मती प्रदेशको राजधानीको रुपमा रहेको हेटौडामा गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्ने लक्ष्यका साथ सिद्धार्थ गु्रपले सेवा बिस्तार गरेको हो ।
सिद्धार्थ गु्रपले व्यवस्थापकीय साझेदारी गरेर संचालनमा ल्याएको सामना होटेलमा ५८ वटा सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा सभा हल, रेष्टुरेन्ट, बार, क्याफे, प्राइभेट डाइनिङ रुम स्वमिङ पुल लगायतका सुबिधाहरु छन ।
होटेल, रिर्सोट, रेष्टुरेन्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर सिद्धार्थ ग्रुपले पश्चिम नेपालको प्रमुख शहर महेन्द्रनगरदेखि पुर्बको शहर बिर्तामोडमा शाखाहरु संचालन गर्दै आएको छ ।
गु्रपले कैलालीको टिकापुर, कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमान्डौको बौद्ध , बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा हुदै पुर्बी नेपालको बिर्तामोड गरी २८ वटा शाखा मार्फत गुणस्तरिय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।
सिद्धार्थ गु्रपले आफ्नो शाखा नभएका प्रमुख शहरहरुमा पनि त्यहाका व्यवसायीहरुसंग व्यवस्थापकिय सहकार्य गरेर सेवा विस्तार गर्दै आएको छ ।
सिद्धार्थ गु्रपले व्यवस्थापकीय साझेदारी गरेर शाखा बिस्तार गरेको यो तेस्रो शाखा हो । निकट भबिश्य मै कपिलबस्तुको चन्द्रौटामा पनि शाखा बिस्तार गर्ने तयारी गरिरहेको छ ।
सिद्धार्थ ग्रुपले नेपालगन्जमा चारतारे होटल सञ्चालन गरिरहेको छ भने काठमान्डौको बौद्धमा केहि दिन मै चारतारे होटेल संचालनमा ल्याउदै छ । त्यसै गरी भैरहवामा ठुलो लगानीमा पाच तारे होटल निर्माण गरि रहेको छ ।
सिद्धार्थ गु्रपले हेटौडामा सेवा बिस्तार गरे संगै हेटौडाको पर्यटन प्रबद्र्धनमा समेत योगदान पुराउने लक्ष्य राखेको सिद्धार्थ गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो ।
हैटौडाको शहिद स्मारक पार्क, मकवानपुरगढी, शालक पार्क , चिसापानी गढी, गुम्बा डाडा, भैरब डाडा भ्यु टावर, चुरे स्थित दक्षिण एशिया कै पहिलो सुरुङ मार्ग र पर्सा राष्ट्रिय निकुन्ज, स्वदेशी तथा बिदेशी पर्यटकहरुका लागि आकर्षणका केन्द्रहरु हुन ।
त्यसै गरी हेटौडा धार्मिक पर्यटकहरुका लागि पनि आकर्षक गन्तब्य हो । हेटौडा क्षेत्रमा , वनशखण्डी मन्दिर भुटनदेवि माई मन्दिर, चुरियामाई मन्दिर , पाथीभरा माता मन्दिर त्रिवेणी धाम लगायतका प्रसिद्ध धार्मिक स्थलहरु छन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ