आधिकारीक नेकपा र सूर्य चिन्ह आफ्नै भएको प्रधानमन्त्री ओलीको दाबी

आधिकारीक नेकपा र सूर्य चिन्ह आफ्नै भएको प्रधानमन्त्री ओलीको दाबी

  • शुक्रबार, पुस १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

पुष १७ काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आधिकारीकता र सूर्य चिन्ह आफ्नै भएको दाबी गरेका छन् ।
शुक्रबार प्रवासी नेपाली एकता मञ्चका कार्यकर्ताहरुसगँ भर्चुअल छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्ड माधव नेपालले सडकमा बहुमत छ भनेर कराए पनि त्यो निर्वाचन अघि टुंगो नलाग्ने जिकिर गरे ।
उनले केही मान्छे अलग्गिए पनि नेकपा विभाजित नभएको र विभाजन हुन नदिने तर्क गरे । ४८ सालदेखि आफूहरुले लिएको सुर्य चिन्ह कसैले लान नसक्ने ओलीको दाबी छ ।
प्रमुख पार्टी पनि को हो भन्ने कुरा आउने निर्वाचन पछि मात्रै थाहा हुने ओलीले दाबी गरे । नेतृत्वलाई सिध्याउन प्रचण्ड सहित केही सचिवालय सदस्यले झटुको पुलिन्दा ल्याउने, बाहिर निर्णय गरेर आउने र पार्टीको बैठकमा दबाब दिने जस्ता काम गरेकाले आफूले संसद विघटन गरेको पनि उनले बताए ।
अलग्गै बैठक राखेर आफूलाई अध्यक्ष घोषणा गर्ने प्रचण्ड, माधव जीहरु पार्टीमा आउन सक्नु हुन्छ, ओलीले भने ।
एक प्रसगंमा ओलीले प्रचण्ड माधव पक्षले निर्वाचन आयोगमा आधिकारीकताको लागि दिएको निवेदन रद्ध गरिदिईसकेको अभिव्यक्ति दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ