पत्रकारद्वारा डस्टवीन हस्तान्तरण

पत्रकारद्वारा डस्टवीन हस्तान्तरण

  • शुक्रबार, पुस १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

महेन्द्रनगर, १७ पुस । कञ्चनपुरको महेन्द्रनगरस्थित उत्तर शिरानमा रहेको विश्णु मन्दीरलाई शुक्रबार पत्रकार डम्मबरराज भट्टले पाँच थान डस्टवीन उपलब्ध गराएका छन् ।
नेपालको चौथो धाम विश्वणुमन्दीर यहाँको धार्मिक पर्यटीयक क्षेत्रको रुपमा विकास गरिएको बेला अंग्रेजी नयाँ बर्ष २०२१ को पहिलो दिनको अवसरमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।
पत्रकारिताका साथै व्यापारिक रुपमा समेत सक्रिय पत्रकार भट्टले मन्दीर क्षेत्रमा हुने फोहोर मैला व्यवस्थापनमा सहयोग पुगोस भनेर डस्टवीन उपलब्ध गराएको बताउनुभयो ।
उहाँले महेन्दूनगरमा सामाजिक अभियन्ताका रुपमा परिचित हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्द मार्फत उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
“ मन्दीर क्षेत्र धार्मिक एवं पर्यटकीय रुपले पनि सुन्दर र शान्त छ ।” पत्रकार भट्टले भन्नुभयो–“ मन्दीर वरपर सफा रहोस भनेर सामान्य सहयोग गरेको हुँ ।”
हेल्प नेपालका अध्यक्ष मदन चन्दले मन्दीरमा सरसरफाइका निम्ती सहयोग गरिएकोप्रति आभार प्रकट गर्नुभयो । “ सहयोग भन्ने कुरो ठुलो सानो हुदैन ।” उहाँले भन्नुभयो–“सामाजिक उत्तरदायित्व बोध सबैलाई हुनुपर्छ ।” उहाँले समाज सुधार र सुन्दर बनाउन नागरिक स्तरबाट पनि भूमिका रहनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ