पुष १७ काठमाण्डौं । ५४ सालमा आफ्नै नेतृत्वमा पार्टी विभाजन गरेर ५६ सालको निर्वाचनमा कुनै सिट जित्न नसके पछि पार्टी विभाजनको गहिरो पीडा अनुभव गरीसकेका नेकपाका उपाध्यक्ष बामदेव गौतम अझै कुनै समुहमा खुलेका छैनन् ।
कहिले ओली समुह, कहिले प्रचण्ड समुह उनको निवास भैँसेपाटीमा धाईरहेका छन् । कहिले गौतम स्वयं प्रचण्ड र ओली को सरकारी निवासमा पुगिरहेका छन् । तर पनि उनी कुनै पनि समुहमा लागिसकेका छैनन् ।
विगतमा पटक पटक ओलीले झट्टा आस्वासन दिएको र धोका दिएको महसुस गरेका भए पनि गौतम खुलेरै प्रचण्ड माधव समुहमा सामेल भईसकेका छैनन् । उनी पक्षीय धेरै नेता प्रचण्ड माधव समुहमै सक्रिय भईसकेका छन् ।
यस्तोमा यसै पनि संसदीय दल र केन्द्रीय समितिमा स्पष्ट बहुमत रहीसकेको प्रचण्ड माधव समुहले गौतम पनि आफूहरुसँगै आउने विस्वास व्यक्त गर्दै आएको छ ।
यसै सन्दर्भमा आज प्रचण्डलाई भेट्न गौतम खुमलटार पुगेका छन् । प्रचण्डले गौतमलाई आफूहरुसगँ सामेल हुन अनुरोध गर्दै आएका छन् ।