शेयर बजारले पचायो राजनीतिक अस्थीरता, अहिले सम्मकै सबैभन्दा उचाईमा पुग्यो नेप्से

शेयर बजारले पचायो राजनीतिक अस्थीरता, अहिले सम्मकै सबैभन्दा उचाईमा पुग्यो नेप्से

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

पुष १६ काठमाण्डौं । विगतमा समयमा राजनीतिक अस्थीरताले ओरालो लाग्ने गरेको शेयर बजारले यस पटक त्यस्तो अस्थीरता पचाएको छ । पुष ५ मा संसद विघटन पछि अब शेयर तल झर्ने अनुमान विपरीत शेयर निरन्तर उकालो लाग्दै ईतिहास बनाएको छ ।
आज नेप्से परिसूचक २५.२१ अंक बढ्दै २०८७.२७ विन्दुमा पुग्यो । यस अघि नेप्सेको उच्च वृद्धि २०७१.०३ विन्दु थियो।
यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार २०७ कम्पनीको ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५७१ रुपैयाँ बढेर ६ हजार २८१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, एभरेष्ट बैंकको शेयरमूल्य यस दिन ६.६७ प्रतिशत, गुडविल फाइनान्सको ५.९७ प्रतिशत, लक्ष्मी बैंकको ५।९३ प्रतिशत, सिद्धार्थ बैंकको ५.५७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.१७ प्रतिशत बढेको छ।
११ उपसमूहको परिसूचक हरियो

बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेर हरियो भएको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.८९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.९७ प्रतिशत, अन्यको १.४५ प्रतिशत र जीवन बीमाको १.४५ प्रतिशत बढेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक भने सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ