किशानलाई भुक्तानी नदिएको बिषयमा लुम्वीनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

किशानलाई भुक्तानी नदिएको बिषयमा लुम्वीनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

पुष १६ वीरगन्ज । उखु किशानको बक्यौता नदिएको आरोपमा नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बीरगञ्ज प्रहरीले पक्राउ गरिएको हो ।
काठमाण्डौंमा किशानले आन्दोलन चर्काएका बेला सरकारले भुक्तानी नदिए पक्राउ गर्ने भन्दै पक्राउ पुर्जी जारी गरेको थियो ।

नेपाल प्रहरीको अपराध महाशखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाइ पक्राउ गरेको हो । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक धिरज प्रताप सिंहले अपराध महाशाखा बानेश्वरको आग्रहमा पर्सा प्रहरीले अग्रवाललाई वीरगन्जबाट पक्राउ गरेको जानकारी दिए ।

नवलपरासीको सुनवल स्थित लूम्बीनी चिनी मिल सुशिला गोयलको नाममा दर्ता छ । तर अंशबन्डा हुँदा सुशिलाका जेठाजू मनोज अग्रवालको भागमा चिनी मिल परेको थियो । यसअघि चिनी मिलको स्वामित्व विवाद हुँदा उखु किसानको रकम बक्यौता रहन गएको चिनी मिल व्यवस्थापनले जनाएको थियो । लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ